सोलुखुम्बुको सबै स्थानिय तहहरुमा बाल उद्यान निर्माण गर्नुपर्ने माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुका अध्यक्ष बुद्धिकिरण राईले बताएकाछन । उनले बालबालिकामा राज्यले उचित लगानी गर्न नसकेको भन्दै सोलुखुम्बुबाट त्यसको शुरुवात हुनुपर्ने बताएका हुन ।
नेपाल बाल संगठन सोलुखुम्बुको जिल्ला सभा तथा अधिबेशनमा प्रमुख अतिथिका रुपमा उपस्थित भएका अध्यक्ष राईले हाम्रा बालबालिकालाई रचनात्मक र सृजनात्मक बनाउन उनिहरुमाथी लगानीमा जोड दिनुपर्ने धारणा राखेकाछन ।
बालबालिकालाई जहिल्यै पढ मात्र भन्ने परिभाषा बदलेर सिक भन्ने प्रेरणा दिनुपर्ने पनि उनले बताएका छन । घरमा अबिभाबकले पनि पढ भन्ने बिधालयमा शिक्षकहरुले पनि पढ भन्ने गर्नाले बाल मनोबिज्ञानमा असर पर्ने उनको संकेत रहेको थियो ।
तसर्थ, जिल्लामा बालबालिकाको मनोरन्जन, रचनात्मक अभ्यास र सृजनात्मक कृयाकलापको लागि पर्याप्त बाल उद्यानहरु निर्माण गरिनुपर्नेमा उनले जोड दिएका हुन । जसको शुरुवात सदरमुकाम सल्लेरीबाट गर्नुपर्ने अध्यक्ष राईको धारणा छ ।
बाल संगठनको नबगठित जिल्ला कार्यसमितिले यस तर्फपनि ध्यान दिनुपर्ने उनको भनाई छ