असिम राईको उम्मेदवारीका लागि हेम कुमार राई प्रस्तावक, ब्यक्ती होईन बिचारको बिजय खोज्दै नेकपा

creationnpl.com

आसन्न फागुन २१ गतेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले सोलुखुम्बु जिल्लामा असिम राईलाई उम्मेदवार बनाएको छ । राईको उम्मेदवारीका लागि नेकपाका अर्का नेता  तथा सोलुखुम्बु जिल्ला ईन्चार्ज हेमकुमार राई सुरवीर प्रस्तावक बनेकाछन । 

भोलि माघ ६ गते हुने मनोनयन दर्तामा हेमकुमार राईको प्रस्तावमा असिम राईले मनोनयन दर्ता गर्ने भएका हुन । अधिकांश नवयुवाको रोजाईमा पर्न सफल र आम सोलुबासीको आशा र भरोसाको केन्द्रका रुपमा उदायका राई नै सोलुखुम्बुको सशक्त उम्मेदवारको रुपमा चुनावी मैदानमा होमिन लागेका हुन । 

यसअघि दुई कार्यकाल नै थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा सफल कार्यसम्पादन गरिसकेका राई अब सिङ्गो जिल्लाको नेतृत्व गर्न अघि बढेकाछन । उनको उम्मेदवारीले जनतामा नयाँ आशा र उमंग पैदा गरिदिएको छ ।

उनको परिणाममूखी कार्यसम्पादन र अद्वितिय निर्णय क्षमता समग्र सोलुखुम्बुको समृद्धि र संकल्पको आधार भएको आम जनताको विश्लेषण रहेको छ । सोलुखुम्बुमा आम जनता असिम राईलाई मतदान गरेर जिल्लाको भाग्य र भबिष्य सुनौलो अक्षरले कोर्न आतुर देखिन्छन ।

सोही अनुसार नेपाली कम्युनिस्ट पार्टी ब्यक्तीभन्दा पनि बिचारको बिजयका निम्ती मैदानमा एकढिक्का भएर जनता समक्ष संकल्पहरू सहित प्रस्तुत भएको छ । निर्वाचन केन्द्रीत अभियानमा सिङ्गो नेकपा एकसाथ उभिने नेताहरूले बताएकाछन । 

प्रतिक्रिया