सोलुखुम्बु जिल्लामा नेकपा एमालेका सर्बोच्च नेताका रुपमा मानवीर राई पुनः निर्वाचित भएकाछन । हालसालै सम्पन्न भएको एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा पार्टीको केन्द्रिय सदस्यमा सोलुखुम्बुबाट २ जनाको उम्मेदवारी परेको थियो । जसमा सानदार जित निकाल्दै राईले सोलुखुम्बुबाट एमालेको केन्द्रिय नेतृत्वमा उनको बिकल्प नरहेको पुष्टि गरिदिएकाछन ।
उनलाई पाखा लगाउने र आफु केन्द्रिय नेतृत्वमा उदाउने उदेश्यले मैदानमा उत्रिएका सोलुखुम्बु प्रदेशसभा “ख” का सांसद बुद्धिकुमार राजभण्डारी निर्वाचनबाट आफै थला परेकाछन । एमालेको ११औं राष्ट्रिय महाधिवेशनले केन्द्रिय राजनितिमा राजभण्डारी अझै आलोकाँचो रहेको पुष्टि गरिदिएको छ । यो संगै राजभण्डारीको पनि नेताका रुपमा राईले (१६३३) मतका साथ आफुलाई पुनः प्रमाणित गर्न सफल भएका हुन ।
केपि शर्मा ओलीको बिस्वास पात्रका रुपमा रहेका नेता मानवीर राई यसअघिपनि सोलुखुम्बुबाट केन्द्रिय सदस्य हुँदै प्रतिनिधिसभाको चुनाव जितेर एकबर्षभन्दा बढि रक्षामन्त्री चलाईसकेका ब्यक्ती हुन ।
जेन्जी आन्दोलन पश्चात सत्ताच्युत भएका उनि, देशकै सरल र ईमान्दार नेताका रुपमा चिर–परिचित छन ।