बंगलादेशको राजनीतिक ईतिहांस, वर्तमान निर्वाचन परिणाम र नेपालको सम्भावना

creationnpl.com

बंगलादेश दक्षिण एसियामा अबस्थित स्वतन्त्र राष्ट्र हो I यसको राजधानी ढाका हो I करिब १७ करोड भन्दा बढी जनसंख्या भएको यो मुलुकमा बहुसंख्यक जनताहरु ईस्लाम धर्ममा आस्था राख्दछन् I बंगाली भाषा बोल्ने यो मुलुकको मुद्रालाई टाँका भनिन्छ I यसको तिन तर्फ भौगोलिक सिमाना भारत संग र दक्षिण-पूर्व म्यान्मार संग जोडिएको छ भने दक्षिणमा हिन्द महासागरको बंगालको खाडी पर्दछ I देश समथर भू-भाग र नदी-प्रधान क्षेत्र हो I यहाको मुख्य नदि ब्रह्मपुत्र डेल्टा हो I


बंगलादेश पहिला पाकिस्तान राष्ट्रमा  भए तापनि सन् १९४७ मा ब्रिटिश भारत विभाजनपछि बंगलादेश “पूर्वी पाकिस्तान” बन्यो। पश्चिम पाकिस्तानसँग भाषा, संस्कृति र राजनीतिक विभेद बढ्दै गयो। १९५२  को भाषा आन्दोलनमा बंगाली भाषाको मान्यताको  माग भएको थियो । १९७०  को निर्वाचनमा शेख मुजिवुर रहमानको नेतृत्वको अवामी लिग ले बहुमतले जिते पनि सत्ता हस्तान्तरण भएको थिएन। १९७१ मा मुक्ति युद्ध भयो, र भारतको समर्थनमा १६  डिसेम्बर १९७१ मा स्वतन्त्र राष्ट्र घोषणा भए पश्चात नया राष्ट्रको रुपमा बङ्गलादेश अस्तित्वमा आएको थियो ।


शेख मुजिवुर रहमान बङ्गलादेशको पहिलो प्रधानमन्त्री/राष्ट्रपिता बनेका थिए I सन् १९७५  मा सैनिक कूवाट मुजीबुरको हत्या भए पश्चात बङ्गला देशमा सैनिक शासनको सुरुआत भएको थियो । यसरि सैनिक कु वाट जिओर रहमानले सत्ता सम्हाले पछि उनको पनि हत्या गरियो र १९८०  दशकमा हुशेन महोम्मद एर्षादको सैन्य शासनको शुरुआत भएको पाईन्छ।


यसरि बंगलादेशमा  सन् १९९० मा जनआन्दोलनबाट सैनिक शासनको  अन्त्य गरि  लोकतन्त्रको पुनर्स्थापना भएको पाइन्छ I बहुदलीय संसदीय प्रणालीको पुनःस्थापित पश्चात बंगलादेशमा दुइ प्रमुख राजनीतिक  दलहरु अवामी लिग (धर्मनिरपेक्ष, मुजिवर रहमान परिवार ) र बंगलादेश नेशनालिश्ट पार्टी (राष्ट्रवादी धार) अस्तित्वमा  आएको  देखिन्छ भने अवामी लिगका शेख हसिना र बीएनपीका खालिदा जिया बीच दशकौं राजनीतिक प्रतिस्पर्धा भएको पाइन्छ I  


बंगलादेशमा पछिल्लो पटक सन् २००९  यता शेख हशिनाको नेतृत्वमा अवामी लिग लगातार सत्तामा रहदै आएको थियो I उनको समयमा आर्थिक वृद्धि तीव्र भए तापनि राजनीतिक ध्रुवीकरण बढ्दो थियो I उनले करिव १५ वर्ष सम्म शासन सत्ता चलाउदै आइरहेकोमा गत बर्ष २०२४ मा भएको युवा तथा बिद्यार्थीको आन्दोलन पश्चात राजिनामा मार्फत अपदस्थ भइ भारतमा निर्वासन हुनपरेको थियो I


बंगलादेश विश्वको प्रमुख रेडिमेड गार्मेन्ट निर्यातकर्ता देशमध्ये एक हो I कृषि, वस्त्र उद्योग र बैदेशिक रोजगारीवाट आउने रेमिटेन्स अर्थतन्त्रका मुख्य आधार हुन् I बंगलादेशको आर्थिक वृद्धिदर दक्षिण एसियामा उल्लेखनीय मानिन्छ तापनि स्वतन्त्रता आन्दोलनबाट जन्मिएको राष्ट्रमा सैनिक शासन, बहुदलीय लोकतन्त्र, शक्तिशाली सत्तारूढ दलको प्रभुत्व, राजनीतिक अस्थिरता, चुनावी विवाद,  लोकतान्त्रिक प्रतिस्पर्धाबीच सन्तुलनको चुनौती, सन् २०२४ मा आरक्षणको विषयलाई लिएर तत्कालिन चुनावमा प्रतिवन्धित बंगलादेश नेश्नालिस्ट पार्टीको समर्थन र सहयोगमा विद्यार्थी एवं जेनजेड समुहको आन्दोलन र परिणामको फलस्वरुप अवामी लिग पार्टीका पुर्व प्रधानमन्त्री शेख हशिनाको राजिनामा र सैनिक हेलिकप्टरबाट मुलुकनै छोडेर भारतमा सरण लिन जानु परेको अवस्थाले गर्दा बंगलादेश सदैव विवाद र अस्थिर राजनीतिकको दुष्चक्रमा फसिरहेको देखिन्छ I


शेख हसिनाको राजीनामा र निर्वासनपछि अन्तरिम सरकार गठन भयो, जसको नेतृत्व मोहम्मद युनिसले गरिरहे।यसले हसिनाको पार्टी अवामी लिग माथि प्रतिबन्ध लगायो र राजनैतिक गतिविधिहरू रोकियो। हसिनालाई आन्दोलन दमनका क्रममा मानवता विरुद्ध अपराध तथा अन्य आरोपमा त्रिब्यूनलले दोषी ठहर गर्‍यो।२०२५ नोभेम्बरमा मृत्यु दण्डको सजाय सुनाइएको खबर छ, जसको  आशयपूर्वक हिंसा र हत्या आदेश दिएको आरोपमा आधारित छ।

बंगलादेशमा १८ महिना अघि छात्र विद्रोहले शेख हसीना सरकार अपदस्थ भएपछि पहिलो आम निर्वाचनमा बंगलादेश नेश्नालिस्ट पार्टी गठवन्धनले प्रचण्ड बहुमत हासिल गरेको छ I तारिक रहमान नेत्रित्वको बिएनपीले ३०० सदस्यीय संसदमा दुइ तिहाई भन्दा बढी २०९  सिट जितेको छ I १७ बर्ष लन्डन निर्वासनमा रहेका तारिक रहमान  बंगलादेशको नया प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिन्छ I उनि बीएनपीका सुप्रिमो तथा भूतपूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा हुन् I लगभग  यो परिणामले २०२४ को “जना-युवा क्रान्ति” पछि अस्थिर राजनीतिलाई स्थिरता दिने अपेक्षा गरिएको छ I बंगलादेशमा करिव १५ बर्ष पछि बंगलादेश नेश्नालिस्ट पार्टी सरकारमा पुनर्स्थापित हुन गईरहेको  छ I


विश्वका अन्य मुलुकहरुको ईतिहांसलाई खोज गरेर हेर्दा जनविद्रोह वा आन्दोलन वाट सत्ताच्युत वा अपदस्थ दल या नेताहरु सत्ताच्युत पछिको पहिलो निर्वाचन बाट सरकार निर्माण गर्न सक्ने हैसियतमा आएको खासै  पाइन्न I फाट्टफुट्ट र गठवन्धन गरेर दल र नेताहरु बिजयी भएर आए तापनि एउटा दलले मात्र सरकार बनाउने हैसियतमा बिजयी भएर आएको पाइन्न I


नेपालको इतिहास हेर्दा सत्ताच्युत दलले पहिलोनै निर्वाचनमा पुन:स्पष्ट बहुमतसहित सरकार बनाएको उदाहरण धेरै कम देखिन्छ I तर केहि अबस्थामा पुराना ठुला दलहरु फेरी सरकारमा फर्किएका छन्-एक्लै वा गठबन्धन मार्फत I


२०१७ सालमा राजा महेन्द्रले निर्वाचित सरकार हटाएपछि लामो समय दल प्रतिबन्धमा रहे I २०४६ सालको जनआन्दोलन पछि २०४८ सालको चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याएर सरकार बनायो I २०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकार बनेपनि टिक्न सकेन I २०६४ सालको संबिधानसभा चुनावमा नेकपा माओबादी केन्द्र पहिलो दल बन्यो र सरकार बनायो तर पछि सरकारबाट बाहिरियो I २०७४ सालमा वाम गठबन्धनमार्फत बहुमत नजिकको परिणाम आएर नेकपा माओवादीका पुष्पकमल दाहालको  नेत्रित्वमा  सरकार गठन भए तापनि २०७४ भाद्र २५ गते प्रतिनिधि सभामा विश्वासको मत लिने प्रक्रियामा प्रचण्डको सरकारलाई आबश्यक बहुमत प्राप्त भएन र उनि प्रधानमन्त्रिको जिम्मेवारीबाट हटाईएका  थिए I २०७४ साल भाद्र २७ गते केपी शर्मा ओलीलाई नया प्रधानमन्त्री नियुक्ति गरियो र एमाले नेत्रित्वको सरकार गठन भयो I २०७९ सालमा भने नेकपा माओबादीले रास्वपा लगायत अन्य दलहरुको गठबन्धन समीकरणको आधारमा फेरी प्रचण्डले सरकारको नेत्रित्व गरेको थियो तर फेरी २०८१ साल असार २८ गते प्रततिनिधि सभामा विश्वासको मत लिंदा प्रचण्डले आवश्यक बहुमत प्राप्त गर्न नसकेको फलस्वरुप नेपालकै इतिहासमा पहिलो पटक दुइ फरक सिधान्त र धारका दुइ ठुला दलहरु नेका र एमालेको गठबन्धन एवं केपी ओलीको अध्यक्षतामा नया सरकार गठन भएको थियो I


तर मुलुकमा बिगत ३५ वर्ष देखि उही नेत्रित्व र  उही दलहरुले आलो-पालो  सत्ता, कुर्ची र दलीय स्वार्थको लागि पटक-पटक सरकार निर्माण गराउने अनि ढाल्ने जस्ता अस्थिर राजनीति, ब्याप्त भ्रष्ट्राचार, कमिशनतन्त्र, अनियमितता, दण्डहीनता र कुशासन आदि विभिन्न बिकृति र बिसंगतिहरुबाट आम नेपाली जनताहरु वाक्क, दिक्क र प्याक्क हुदै नेपाली जनताहरु र बिशेष गरि २०७९ सालको चुनाव बाट नेपालको राजनीतिमा चौथो दलको रुपमा उदाएको नया राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले सडक र सदनबाट सरकार प्रति बिरोध, आक्रोश र बितृष्णाका आवाजहरु घनिभूत र निर्ममतापूर्वक  पटक-पटक उठाउदै आएको थियो I रस्वपाले आफु थोरै समय  सरकारमा रहदाँ पनि भ्रस्टाचार, अनियमितता र दर्जनौ ठुला-ठुला घोटाला काण्डहरुको फायलहरु खोलि  दोषीहरु उपर निर्मम भएर कानुनि कठघरामा ल्याउन  उल्लेखनीय र प्रशंसनीय कार्य गरेको थियो I  


मुलकमा २०८१ सालको अन्त्य देखिने जेनजेड समुहले कतिपय रास्वपालेनै पहिले देखिनै उठाउदै आएका अस्थिर राजनीति, ब्याप्त भ्रष्ट्राचार, कमिशनतन्त्र, अनियमितता, दण्डहीनता र कुशासन लगायतका मुद्धाहरुलाईनै बढवा दिदै  सामाजिक संजाल मार्फत केपी ओली सरकारको सशक्त रुपमा विरोध गर्दै आइरहेको भए तापनि २०८२ साल भाद्र २३-२४ गतेको जेनजेडको आन्दोलन र विद्रोहको परिणामको  फलस्वरुप नेका र एमालेको गठबन्धनको केपी ओली सरकारले आश्चर्यजनक ढंगबाट  आन्दोलन सुरु भएको २३ घन्टामा राजीनामा मार्फत सरकारबाट वहिर्गमन हुदै प्रधानमन्त्री क्वाटर बालुवाटार बाटै  नेपाली सेनाको हेलिकप्टर द्वारा प्रधानमन्त्री केपी ओलीको उद्ध्वार गरि सुरक्षित स्थानमा लानु पर्ने स्थितिको सिर्जना भएको थियो I


जेनजेड आन्दोलन पछि मुलुकको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री नियुक्ति हुनु  भएका सुशिला कार्कीको अन्तरिम सरकारले मिति २०८२ साल फाल्गुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरिसकेको हुँदा लगभग चुनाव हुने निश्चित भइसकेको छ I यसपटकको चुनावी मैदानमा मुख्य राजनीतिक दलहरुमा पुर्व विस्थापित गठबन्धनका साझेदारी ठुला दलहरु नेपाली कांग्रेस र  एमाले, नेकपा, रास्वपा, राप्रपा लगायत नया दलहरुमा श्रम संस्कृति पार्टी  र  उज्यालो नेपाल पार्टीहरु रहेका छन् I हाल सम्मको चुनाबी गतिविधिहरु र प्रचारप्रसारहरुलाई मुल्यांकन गर्दा आम नेपाली जनताहरुको लहर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिएको छ I जेनजेडका तमाम मुद्धा र प्रकरणहरुलाई सम्बोधन र समाधान गर्न सक्ने एउटै मात्र वैकल्पिक राजनीतिक शक्ति भनेको रास्वपा हो। हालको निर्वाचनको उम्मेद्वारीमा सबैभन्दा बढी जेनजेड समुहका युवाहरु, महिलाहरु, खसआर्य, जनजाति, मधेस, तराई र मुश्लिम समाबेशी सिधान्त अनुसार समाबेश गरेर अवसर दिने पार्टी मध्य रास्वपानै अग्र स्थानमा भएकोले पनि अवको फाल्गुन २१ गतेको  निर्वाचनबाट  नेपालमा पनि बङ्गलादेशमा १५ बर्ष पछि विएनपीलाई दुई तिहाई वहुमतका साथ पुन:स्थापित गराए जस्तै रास्वपालाई पनि  त्यसैगरी आम नेपाली जनताले नेपालको नया राजनीतिक शक्तिको रुपमा  स्पश्ट वहुमतका साथ विजय गराउने सम्भावना टड्कारो रुपमा देखिएको छ। धन्यवाद I

जयमुलुक I जय राष्ट्र I 


सन्धर्भ सामाग्रीहरु;

१.        Everest Times News, Jan 19, 2019

२.       Wikipedia नेपालको राजनीति

३.       Wikipedia – History of Bangladesh(1971-present)

४.       Wikipedia – Politics of Bangladesh

५.       Facebook official khabar

६.      Ujyaalo Online

७.      Hamrakura.com

 

सम्पादन तथा लेखन;

महेश कुमार श्रेष्ठ

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(अवकाश प्राप्त)

अध्यक्ष- लायन्स क्लब अफ काठमाडौँ, संगत समूह 

प्रतिक्रिया