खुम्बु सरकारले उठाएको अबैधानिक शुल्कले कसको खल्ती भरियो ??

creationnpl.com

सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाँउपालिका खरिखोलामा ढाँड थापेर प्रत्यक यात्रुको टाउको गनेर जनही ५० रुपैया उठाएको सबैलाई अबगत नै छ । त्यतिमात्र होईन, मालवहाक सवारीसंग पनि राजस्वका नाममा केजीका हिसाबले रकम असुल गरिएको थियो । त्यसरी रकम असुल गर्नुको प्रयोजन चाँहि खरिखोलादेखि सुर्केसम्मको सडक स्तरोन्नती रहेको थियो । तर​, अहिले सडकको कन्तबिजोग हुँदा समेत गाँउपालिका कहाँ हरायो ? यो आम प्रश्न हो । 

त्यतिखेर नागरिकलाई दोहोरो करमा पार्नेगरी अबैधानिक रुपमा शुल्क असुल्न पाईदैन भन्दैगर्दा, सडक चुस्त दुरुस्त बनाउन उठाएको भनिएको थियो । तर, आज सडकको यो अवस्था हुँदा, सवारी चालक स्वयमले स्काभेटर भाडामा लिएर सडक सफा गर्नुपर्ने अवस्थ किन आयो ? 

यो गाँउपालिका एउटा पर्यटकिय गाँउपालिका हो । यहाँ बिश्वभरबाट पर्यटकहरूको ओईरो लाग्छ । ती पर्यटकसंग पनि राष्ट्रिय निकुञ्जले छुट्टै र गाँउपालिका छुट्टै रुपमा समानान्तर प्रबेश शुल्क असुल्ने गरेको छ । यसको मतलब यदि राजश्व चुहावट नहुने हो भने, प्रत्यक बर्ष निकुञ्जले सार्वजनिक गर्ने प्रबेश शुल्क बापतको राजश्व संकलनको तथ्याङ्क र गाँउपालिकाको प्रबेश शुल्क अन्तरगतको राजस्व समान हुनुपर्दछ । तर​, यसमा समानता छैन । खैर, यो कुरालाई छोडिदिउँ । यसमा गम्भीर ढंगले अनुशन्धान नै गरिनुपर्दछ ।

अहिलेको प्रश्न के हो भने त्यसरी संकलित रकम गयो त गयो कहाँ ? सडक बनाउन खर्च भयो भन्ने हो भने पनि सुर्केदेखि छेउबाससम्मको सडक हाईड्रोले खनिदिएको हो, जसको मर्मत संभारपनि हाईड्रोले नै गर्दै आएको छ । त्यसका अलावा खरिखोलादेखि छेउबाससम्मको १० वा १५ किलोमिटर सडकमा संघ र प्रदेशको समेत लगानी छ । उक्त सडक खन्न अत्याधिक नै खर्च भ​एपनि त्यसको एउटा निश्चित सिमा त होला ? यसको पनि प्राबिधिक रुपमा  कुल लागत निकाल्न जरुरी छ । 

यदि त्यसो हो भने, गाँउपालिकाले बर्षैपिच्छे राजस्वको नाममा संकलन गरेको पैसाले क​-कसको खल्ती भरिएको छ ? यो आम जनताको प्रश्न हो । 

संघ तथा प्रदेश सरकारबाट प्राप्त चालु खर्च बाहेकको अनुदान, गाँउपालिका स्वयमले बर्षेनी उठाउदै आएको करोडौ रकम गयो त गयो कहाँ ? त्यो रकम लगानी भ​एको ठाँउ देखाउन सक्षम छ त खुम्बु सरकार ??  

स्थानिय सरकार गठन भ​एदेखि हालसम्म गाँउपालिकाको खातामा आएको बजेट र खातामा दाखिला नगरीकन पनि संकलन भ​एको छ भने त्यो समेतको छानबिन र गाँउपालिका स्वयमले गरेको लगानीबिचमा तादात्म्यता छ वा छैन । यसको अनुशन्धान गर्न जरुरी छ । 

गाँउपालिकाका प्रत्यक जनप्रतिनिधि तथा कर्मचारीहरूको  हालको चल​-अचल सम्पती र उनीहरूको आफन्त, नातागोता र आसेपासेको समेत सम्पतीको छानबिन आजको आवस्यकता हो ।

बा ! को साशन हुँदा छोराहरूको दादागीरी र लुटतन्त्र बा ! को साशन  ढलेपछी अनुशन्धान हुनुपर्ने माग उठिरहेको छ । 

प्रतिक्रिया