रक्षामन्त्री मानवीर राई भोली गृहजिल्ला सोलुखुम्बु आउँदै

creationnpl.com

सोलुखुम्बु जिल्लाका प्रतिनिधि सभा सदस्य एबम् नेपाल सरकारका रक्षामन्त्री मानवीर राई भोली सोलुखुम्बु आउनुहुने भएको छ । बिगत लामो समय अघिदेखि रोकिएको सल्लेरी देखि माथिल्लो क्षेत्र जाने सडकको जेरो पोईन्ट ट्र्याक ओपन र ढलानको काम आफ्नै पहलकदमीमा सम्पन्न भएपछी सो सडकको उद्घाटन गर्न रक्षामन्त्री राई सोलुखुम्बु आउनुहुने भएको हो । 

सेनाको कब्जामा रहेको जमिनबाट सडक खोल्नुपर्ने भएकाले सल्लेरीको टेलिकम अगाडी देखि शिब मन्दिरसम्मको १ सय मिटर जति जेरो पोईन्ट सडकको ट्र्याक ओपनको काम बर्षैदेखि अल्झिएको थियो । अहिले आफै रक्षामन्त्री रहेको अबस्थामा उहाँले आबस्यक प्रकृया पुरा गरी सो सडक ट्र्याक ओपन मात्र होईन, रक्षा बजेटबाटै ढलान समेत सम्पन्न गरिदिनुभएको छ । उक्त सडकको उद्घाटन गर्न रक्षामन्त्री राई भोली बिहान ८ बजे सल्लेरी आउनुहुने भएको हो । 

यो सडक सल्लेरी देखि माथिल्लो क्षेत्रका लागि अत्यन्तै महत्वपुर्ण सडक हो । यो संगै सेनाको ब्यारेकसम्म पुग्न पनि यहि सडकको साहारा आबस्यक थियो । तर लामो समयसम्म पनि उक्त सडक खुल्न नसक्दा समस्यामा रहेका स्थानियहरुलाई अहिले भने राहत मिलेको छ । 

शिबमन्दिर टोल, जिल्ला अदालत, जिल्ला कारागार, जिल्ला सरकारी वकिलको कार्यालय, डिभिजन तथा सबडिभिजन बन कार्यालय, सोलुखुम्बु बहुमुखी क्याम्पस, थातिङ लगायत च्याल्सा गुम्बासम्मका स्थानियहरु यो सडकबाट लाभान्वित भएका छन । 

स्वयम नेपाली सेनाको ब्यारेकसम्म सडक लैजान यहि जिरो पोईन्ट ट्र्याक ओपन आबस्यक रहेको थियो । उक्त सडक खोल्नका लागि रक्षामन्त्री राईलाई ठुलो दबाब रहेकोमा उहाँले सडक खोल्नेमात्र होईन उक्त सडकको ढलानको निमित्त बजेट समेत ब्यबस्थापन गरिदिनुभएको हो । 


प्रतिक्रिया