Solukhumbu पुग्यो Harka Sampang को श्रमसंस्कृति | पुराना दलको राजनीति संकटमा?

creationnpl.com

 हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको जिल्ला समिति सोलुखुम्बु जिल्लामा पनि गठन भएको छ । तत्काललाई ३३ सदस्यीय तदर्थ समिति गठन गर्दै श्रम संस्कृति पार्टिले सोलुखुम्बुमा आफ्नो संगठन निर्माणलाई औपचारिकता दिएको हो ।

आज जिमी राई उत्थान समाज स्थानिय समिति सोलुखुम्बुको सभाहलमा आयोजित भेलाले तदर्थ जिल्ला समिति गठन गरेको हो । बियस राईको संयोजकत्वमा ३३ सदस्यीय तदर्थ समिति गठन गरी संगठन निर्माणको कार्य औपचारिक रुपमा नै सुरुवात भएको पार्टि केन्द्रिय सदस्य जितेन बान्तवा राईले बताउनुभयो ।

आज गठित तदर्थ समितिले पालिका, वडा तथा टोलस्तरसम्म संगठन निर्माणलाई प्रथमिकता दिने जनाईएको छ । खासगरी पुराना पार्टिबाट वाक्कदिक्क भएका र देशमा श्रमसंस्कृति मार्फत समारात्मक परिवर्तन चाहिरहेका युवा जमातको यो पार्टीप्रति लगाब देखिएको छ । 

हर्क साम्पाङको बिचार, सिद्धान्त र कार्यशैलीलाई मन पराउने युवाहरु सोलुखुम्बु जिल्लामा पनि प्रसस्तै रहेको आजको भेलाले पुष्टि गरेको छ । अब टोल टोलमा संगठन निर्माण गरिसकेपछी बृहत जिल्ला भेलाको आयोजना गरी हर्क साम्पाङ स्वयम् सोलुखुम्बु आउने बताईएको छ । 

पार्टीको कुनैपनि झण्डा नबनाउने, देशको झण्डालाई नै उच्च महत्व दिने, श्रमदानबाटै जनताका यावत समस्याको समाधान खोज्ने, स्थानिय उत्पादनको उपभोगलाई प्रथमिकता दिने, बिधालयमा घोकन्ते बिद्या होईन, ब्यबहारिक शिक्षा दिने र राष्ट्र र राष्ट्रियतालाई अक्षुर्ण राख्दै प्रधान ठान्ने हर्कपथको अनुयायीहरुलाई पार्टीमा जोडिन आव्हान समेत गरिएको छ ।

हर्कपथको शुभारम्भले पुराना पार्टीहरुको बिरासत भत्काउने आँकलन समेत गर्न थालिएको छ । जनताले प्रत्यक निर्वाचनमा बिकल्प खोजेपनी काङग्रेस, एमाले र माओवादी बाहेकको उपयुक्त बिकल्प फेला नपारीरहेको परिप्रेक्षमा श्रमसंस्कृति पार्टी एउटा बैकल्पिक शक्तीका रुपमा सोलुखुम्बुमा उदाएको छ । यसलाई जनताको राजनितिक चेतनासंग जोडेर, राष्ट्रिय हितको पक्षमा सशक्त शक्तीका रुपमा स्थापित गर्ने आज गठित तदर्थ समितिका संयोजक बियस राईले बताएकाछन ।



प्रतिक्रिया