केहि समय अघिदेखि सोताङ गाउँपालिकाभित्र आतंक मच्चाउदै आईरहेको जंगली जनावर नियन्त्रण गर्न राष्ट्रिय टोली आउने भएको छ । यस सन्दर्भमा गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले राष्ट्रिय निकुन्जका डीजी र वन तथा वातावरण मन्त्रालयका सचिवसँग भेट गरी समस्या राख्नुभएको हो ।
यो संगै भोली काठमाण्डौबाट राष्ट्रियस्तरको प्रबिधिक टोली सोताङ आउने भएकाछन । सोताङमा केहि महिना अघिदेखी नै जंगली जनावरले घरपालुवा पशुचौपाया माथी आक्रमण गर्न थालेको हो । यसबिचमा कयौ पशुचौपायाको क्षेति समेत भईसकेको छ भने, कृषकहरु चिन्तामा रहेकाछन ।
१ असोज २०८२, बिहिबार ०९:०९ मा प्रकाशित