लोखिम सरोकार समाजको ५औ बार्षिक साधारण सभा थुलुङ गाउँ पालिका अध्यक्ष असिम राईको प्रमुख अतिथ्तामा सम्पन्न भएको हो
थुलुङ दूधकोशी-९ लोखिमको स्वास्थ्य, शिक्षा, सामाजिक तथा राजनीतिक रुपमा प्रत्यक्ष-अप्रत्यक्ष सरोकार राख्दै आएको समाजले आगामी दिनहरुमा पनि निरन्तरता दिने अध्यक्ष शेर्पाले जानकारी गराए ।
कार्यक्रममा महासचिव कृष्ण बहादुर राईले समाजले हालसम्म गरेको कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए, भने कोषाध्यक्ष चर्ण कुमारी राईले समाजको हालसम्मको आय-व्यय प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सोही अवसरमा विभिन्न समाजसेवी तथा समाजका सदस्यहरुलाई सम्मान पत्रमार्फत् सम्मानित गरिएको थियो ।
३१ साउन २०८२, शनिवार ०८:२२ मा प्रकाशित