सोलुखुम्बुमा पनि संबिधान दिवसका अबसरमा कार्यक्रम हुने

creationnpl.com

भोली संबिधान दिबसका अबसरमा सोलुखुम्बुमा पनि भब्य कार्यक्रम गरिने भएको छ । संबिधान तथा राष्ट्रिय दिवस जिल्लास्तरिय कार्यक्रम आयोजक समितिको आयोजनामा बिबिध कार्यक्रम गरी संबिधान दिवस आयोजना गर्न लागिएको हो ।

बिहान ८ बजे फाप्लुमा बृक्षारोपण र दिउँसो १ बजेदेखि उद्योग बाणिज्य संघको सभाहलमा अन्तरकृया तथा साँझ ५ बजे जिल्ला समन्वय समितिको प्रांगढमा दिप प्रज्वलन गरी स.बिधान दिवस मनाउन लागिएको हो । 

२०७३ साल असोज ३ गते देशले नयाँ संबिधान पाएको थियो । संबिधान जारी भ​एको भोली १० बर्ष पुग्दैछ ।

प्रतिक्रिया