सोलुखुम्बुमा बिपतबाट एकबर्षमा ८ जनाको मृत्यु, ५ पशुचौपाया मरे
सोलुखुम्बुमा पहिरो र आगलागीमा परेर ८ जनाको मृत्यु भएको छ । गत साउनदेखी असार मसान्तसम्मको एक वर्षको अवधीमा पहिरो र आगलागीमा परेर ८ जनाको मृत्यु भएको हो ।
पहिरोमा परेर एक बालकसहित ५ जना र आगलागीमा परेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बले जनाएको छ । पहिरो र आगलागी परेर २/२ जना घाइते भएका सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजित कुवँरले बताउनुभयो ।
यस्तै खोलाले बगाएर २ जनाको मृत्यु भएको छ भने सर्पको टोकाइबाट ५ जना मानिस घाइते भएका प्रहरीले जनाएको छ ।
आगलागीबाट १६ वटा घर, १० वटा गोठमा क्षति पुगेको छ । ५ वटा चौपायको आगोमा परेर मृत्यु भएको छ भने १ वटा घाइते हुँदा २० वटा सामुदायिक वन र १६ निजि वनमा आगालागी भएको प्रहरीको तथ्यांकले देखाएको छ ।
१ साउन २०८२, बिहिबार ०५:१२ मा प्रकाशित