सोलुखुम्बुबाट पत्रकारिता सुरु गरेका सुवास दर्नाल अहिले अन्तर्राष्ट्रिय नेतृत्वकर्ता कार्यक्रममा विश्वका २३ वटा मुलुकका पत्रकारसँग साक्षात्कार गरिरहेका छन्। यो केवल उनको व्यक्तिगत यात्रा मात्र होइन, सोलुखुम्बु र नेपालको पत्रकारिता इतिहासका पानामा सुनौलो अक्षरले अंकित हुने क्षण हो। अहिले उनी अमेरिकाका विभिन्न शहरमा रहेर विश्वस्तरीय सञ्चार माध्यम र अग्रणी सञ्चार विज्ञहरूसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
यस मञ्चमा, जहाँ लोकतन्त्र, प्रेस स्वतन्त्रता, नेतृत्व र खोज पत्रकारिताबारे बहस चलिरहेका छन् । त्यहाँ हिमालपारिबाट आएका एक नेपाली पत्रकारको उपस्थिती आफैंमा एक गहिरो सन्देश हो । कि सिमान्त आवाज पनि विश्वकै केन्द्रमा पुग्न सक्छ।
हिमालको काखदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म
दर्नालको यात्रा सगरमाथाको जिल्लाबाट सुरु भएको हो । जहाँ समाचार संकलन हिउँ, भीर र टाढा-टाढाका बस्तीहरू पार गरेर हुन्छ। १५ वर्षभन्दा लामो समयदेखि राजनीति, पर्यटन, जलवायु परिवर्तन र सिमान्त समुदायका चुनौतीबारे रिपोर्टिङ गर्दै आएका उनी अहिले विश्वका वरिष्ठ पत्रकारहरूसँग काँधमा काँध मिलाएर उभिएका छन्।
वासिङ्टन डिसीबाट बोल्दै दर्नालले भने,
“यो मेरो लागि मात्र होइन, हाम्रो हिमाली पत्रकारिता र हामीले भोगेका संघर्षहरूको प्रतिनिधित्व हो। यहाँको सिकाइ म फर्किएपछि साथी पत्रकारहरूसँग बाँड्नेछु।”
उनका तालिमका विषयहरूमा खोज पत्रकारिता, लोकतन्त्रमा प्रेसको भूमिका, पत्रकार सुरक्षा, तथ्य-जाँच, जलवायु पत्रकारिता र नेतृत्व विकासजस्ता गहिरा विषय समावेश छन्।
अमेरिकाबाट आउने दृष्टिकोण
कार्यक्रमले दर्नाललाई अमेरिकाका प्रमुख सहरहरू वासिङ्टन डिसी, मेजोरी, न्युयोर्क, फ्लोरिडाका विश्वविद्यालय, थिङ्क ट्याङ्क, सञ्चार गृह र सरकारी निकायसँग प्रत्यक्ष संवाद गर्ने अवसर दिएको छ। यस किसिमको अन्तर्राष्ट्रिय अभ्यासले सहभागी पत्रकारको दृष्टिकोण फराकिलो मात्र बनाउँदैन, आफ्नै देशमा प्रेस स्वतन्त्रता र सुशासनको अभ्यासलाई अझ प्रभावकारी बनाउन प्रेरणा दिने पक्का देखिन्छ।
हिमाली आवाजको विश्वव्यापी प्रतिनिधित्व
सोलुखुम्बु, जहाँ विश्वको सर्वोच्च शिखर छ, तर अझै सञ्चार पहुँच, सूचना पारदर्शिता र पत्रकारको सुरक्षामा चुनौती बाक्लो छ। दर्नालले स्थलगत रिपोर्टिङमार्फत यी समस्यालाई उजागर गर्दै आएका छन्। अब उनी आफ्नो अनुभव र सीपलाई अन्तर्राष्ट्रिय मञ्चबाट अझ निखारेर फर्काउन लागेका छन्।
“दुरदराज समुदायको आवाज राज्यसम्म पुर्याउनु हाम्रो जिम्मेवारी हो,” उनी भन्छन्, “यो कार्यक्रमले मलाई अन्य देशको अभ्याससँग तुलना गर्ने मौका दिएको छ।”
नेपालका लागि प्रेरणाको श्रोत
अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित यस कार्यक्रममा उनीले अन्तर्राष्ट्रिय सञ्चार मञ्चमा नेपालको पत्रकारिता प्रतिनिधित्व गर्नु केवल व्यक्तिगत सफलता मात्र होइन यसलाई नेपालको पत्रकारिता इतिहासमै एक प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ।
नेपालका दूरदराजका भेगहरूमा आज पनि पत्रकारितालाई जोखिमसँगै समर्पण र साहसको काम मानिन्छ। सीमित स्रोत–साधन, राजनैतिक दबाब, भौगोलिक चुनौती र कहिलेकाहीँ सामाजिक बहिष्कारसम्मको सामना गर्दै अनेक पत्रकारहरूले नेपाली समाजमा सच्चाइको उज्यालो फैलाउने प्रयास गरिरहेका छन्। यस्तै सन्दर्भमा, पत्रकार दर्नालले अमेरिका, अस्ट्रेलिया, स्वीट्जरल्यान्ड, फिलिपिन्स, मेक्सिको, घाना, बङ्गलादेश, स्पेन, साइप्रस, बुल्गेरिया, इजिप्ट, कोसोभो, अफ्रिकन युनियन, साउथ अफ्रिका, बेल्जियम, पोल्याण्ड, युगान्डा, स्लोभाकिया लगायतका मुलुकका पत्रकारहरूसँग काँधमा काँध मिलाएर विश्वव्यापी संवादमा सहभागिता जनाउनु, सिङ्गो नेपाली पत्रकारिता क्षेत्रको लागि नै एउटा प्रेरणादायी अध्याय बनेको छ।
प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष बालकृष्ण बस्नेत भन्छन्, “सुवास दर्नाल जत्तिको सशक्त पत्रकारले यस्तो अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालको आवाज बुलन्द बनाउनु सोलुखुम्बुका लागि मात्र होइन, देशभरिका सिमान्तकृत आवाजका लागि पनि गर्वको कुरा हो।”
अमेरिकी सरकारको उच्च स्तरीय नेतृत्व विकास कार्यक्रम, जसले विश्वभरका उदीयमान तथा अनुभवी सञ्चारकर्मीहरूलाई एकै मञ्चमा ल्याएर सूचना स्वतन्त्रता, सञ्चार नीति, पत्रकार सुरक्षा र नयाँ प्रविधिबारे गहिरो छलफलको अवसर प्रदान गर्छ, त्यसमा नेपालको प्रतिनिधित्व हुनु आफैंमा ऐतिहासिक उपलब्धि हो।
अझ महत्वपूर्ण कुरा के छ भने, दर्नालको सहभागिता नेपालका अन्य पत्रकारका लागि अन्तर्राष्ट्रिय नेटवर्क निर्माण, विषयगत सीप आदानप्रदान र लोकतान्त्रिक अभ्यासबारे अन्तरदृष्टि हासिल गर्ने प्रेरणाको स्रोत बनेको छ। उनी अहिले अमेरिकाका विभिन्न राज्यहरूमा रहेका सञ्चार विशेषज्ञ, विश्वविद्यालय, अनुसन्धान केन्द्र र मिडिया संस्थाहरूमा संवादमा व्यस्त छन्। विश्वको अग्रणी मिडिया संस्कृति सँग साक्षात्कार गर्दा उनले नेपाली पत्रकारितामा ल्याउन सकिने नवीन अभ्यासहरूको मेसो पाएका छन्। यस्ता अवसरहरूले अबको दिनमा देशका अन्य क्षमतावान पत्रकारहरूलाई पनि विश्वसामु आफूलाई प्रस्तुत गर्ने हौसला दिनेछन्।
सुरु गरेका सुवास दर्नाल अहिले अन्तर्राष्ट्रिय नेतृत्वकर्ता कार्यक्रममा विश्वका २३ वटा मुलुकका पत्रकारसँग साक्षात्कार गरिरहेका छन्। यो केवल उनको व्यक्तिगत यात्रा मात्र होइन, सोलुखुम्बु र नेपालको पत्रकारिता इतिहासका पानामा सुनौलो अक्षरले अंकित हुने क्षण हो। अहिले उनी अमेरिकाका विभिन्न शहरमा रहेर विश्वस्तरीय सञ्चार माध्यम र अग्रणी सञ्चार विज्ञहरूसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
यस मञ्चमा, जहाँ लोकतन्त्र, प्रेस स्वतन्त्रता, नेतृत्व र खोज पत्रकारिताबारे बहस चलिरहेका छन् । त्यहाँ हिमालपारिबाट आएका एक नेपाली पत्रकारको उपस्थिती आफैंमा एक गहिरो सन्देश हो । कि सिमान्त आवाज पनि विश्वकै केन्द्रमा पुग्न सक्छ।
हिमालको काखदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म
दर्नालको यात्रा सगरमाथाको जिल्लाबाट सुरु भएको हो । जहाँ समाचार संकलन हिउँ, भीर र टाढा–टाढाका बस्तीहरू पार गरेर हुन्छ। १५ वर्षभन्दा लामो समयदेखि राजनीति, पर्यटन, जलवायु परिवर्तन र सिमान्त समुदायका चुनौतीबारे रिपोर्टिङ गर्दै आएका उनी अहिले विश्वका वरिष्ठ पत्रकारहरूसँग काँधमा काँध मिलाएर उभिएका छन्।
वासिङ्टन डिसीबाट बोल्दै दर्नालले भने,
“यो मेरो लागि मात्र होइन, हाम्रो हिमाली पत्रकारिता र हामीले भोगेका संघर्षहरूको प्रतिनिधित्व हो। यहाँको सिकाइ म फर्किएपछि साथी पत्रकारहरूसँग बाँड्नेछु।”
उनका तालिमका विषयहरूमा खोज पत्रकारिता, लोकतन्त्रमा प्रेसको भूमिका, पत्रकार सुरक्षा, तथ्य(जाँच, जलवायु पत्रकारिता र नेतृत्व विकासजस्ता गहिरा विषय समावेश छन्।