देशमा संघियता यातायातमा केन्द्रियता, ग्रामिण जिल्लाहरूलाई समस्या

creationnpl.com

नेपाल एउटा यस्तो देश हो जहाँ संघिय साशन प्रणाली लागु भ​एको दशकौ बितिसक्दा पनि देशका प्रशासनिक निकायहरू भने अझै केन्द्रियताकै झल्को दिने गरी संचालनमा रहेकाछन । जसमध्यको यातायात ब्यबस्था कार्यालय पनि एक हो । 

संघियताको बास्तबिक अर्थ नै शक्ती बिकेन्द्रीकरण हो । अझ सोझै भन्नुपर्दा, हिजोको केन्द्रीकृत साशन प्रणालीलाई जनस्तरसम्म पुर्याउनु नै संघियताको मुल मर्म हो । तर, आजपनि दुर्गम जिल्लाहरूका नागरिकले एउटा सवारी चालक अनुमती पत्रको परिक्षा दिन  वा नबिकरण गर्न बाह्य जिल्लामा जानुपर्ने समस्या छ । न त सवारी नबिकरण, दर्ता तथा खारेजी नै आफ्नो जिल्लाबाट गर्न पाएकाछन । 

गाँउ-गाँउमै सिंहदरबार आयो भनेर मख्ख परेका आम नेपाली जनता एउटा यातायात ब्यबस्था कार्यालयको सेवा लिन समेत अन्यन्त्र धाउनुपर्छ भने यो संघियताको सार्थकता कति हुन्छ ? यसले उच्च हिमाली तथा पहाडी जिल्लाका नागरिकहरू मर्कामा परिरहेकाछन । यस्ता अरुपनि थुप्रै कार्यालयहरू छन- जो संघियताको मोडेल अन्तरगत सेवा दिन सकिरहेकाछैनन । 

राज्यको  तल्लो तहसम्मै सम्पुर्ण अधिकारहरू  पुर्याउने वकालत गर्ने राजनितिक दलहरूले पनि यस बिषयमा चाँसो दिएका छैनन । त्यसैले नागरिकले हदैसम्मको सास्थी खेपिरहेकाछन ।

जनशक्ती अभावका कारण यस्तो भ​एको हो भनेपनि कार्यालय नरहेको जिल्लाहरूमा गुम्ती सेवा शिबिरहरू संचालन गर्न सकिन्छ । तर, यहाँ त नियतमै समस्या देखिएको छ । आजसम्म उनिहरूले नागरिकको सहजताका निम्ति सिन्को भाँचेका छैनन, माखो मारेका छैनन । बरु उल्टै टाढाबाट धाई-धाई सेवा लिन जाने नागरिकलाई अनावश्यक झुलाउने र बिभिन्न रुपले कागजात नमिलेको बाहाना दुःख दिने काम गरिरहेका हुन्छन । यसले संघिय प्रणालीको धजिया उडाईरहेको छ ।

प्रतिक्रिया