न्यायलयमाथी नै यो अन्याय किन ? कहिले हुन्छ पुनःनिर्माण ??

creationnpl.com

जिल्ला अदालत सोलुखुम्बुको भवन अत्यन्तै जिर्ण बन्दै गएको छ । चिरा चिरा भईसकेको यो भवनको पुनःनिर्माण अपरिहार्य बन्दै गएको हो । यो भवन यति जिर्ण भईसकेको छ कि, अलिकति ठुलो हावा चल्यो भनेपनि लड्ने अबस्थामा छ । आधिकारिक श्रोतका अनुसार यो भवन बि.सं. २०४५ सालमा निर्माण गरिएको हो । ढुङ्गा र माटोको गाह्रो रहेको भवन धुजा धुजा भईसक्दा पनि टालटुल पारेर चलाईराखिएको छ । 

यसरी न्यायालयको भवन जिर्ण बन्दा समेत यसको पुनःनिर्माणमा सम्बन्धित निकायले चासो दिएको छैन । यहि जिर्ण भवनबाट अहिले जिल्लाभरको न्याय सम्पादनको काम भईरहेको छ । तर कतिखेर के हुने हो भन्ने त्रासमा काम गर्न बाध्य रहेकाछन जिल्ला अदालत सोलुखुम्बुका कर्मचारीहरु । भवनको डाडाभाटाहरु उप्किसकेकाछन भने, मानिस हिड्दा पनि भवन हल्लिन थालेको छ । यसले जिल्ला अदालत सोलुखुम्बुको भवन तुरुन्तै पुनःनिर्माण नगर्ने हो भने, कुनैपनि किसिमको जोखिम वा दुर्घटना निम्तिन सक्छ भन्ने तर्फ संकेत गरिरहेको छ । 

अहिले देशैभरका न्यायालयहरुको धमाधम पुनः निर्माण भईरहेको छ । तर सोलुखुम्बु जिल्ला अदालतको पुनःनिर्माण तर्फ भने कसैको ध्यान पुगेको छैन । त्यसैले अहिले न्यायालय माथी नै अन्याय भईरहेको छ । 

त्यतिमात्रै होईन, यो भवन न त अपाङगमैत्री छ, न जेष्ठ नागरिक तथा बालबालिकामैत्री नै छ । सरकारी मापदण्ड अनुसार प्रत्यक सरकारी कार्यालयहरु फरक क्षमताका मानिसहरुको लागि पनि उपयुक्त किसिमको हुनै पर्दछ । तर जिल्ला अदालत सोलुखुम्बुमा सेवा लिन जाने सेवाग्राहिले भने ९० डिग्रिको ठाँडो उकालो उक्लनुपर्ने हुन्छ । जसले गर्दा कतिपय जेष्ठ नागरिक, बालबालिका र फरक क्षमता भएका ब्यक्तीहरुका लागि यो यातना दिएभन्दा कम छैन । 

भौगोलिक अबस्थितिका कारणले अदालतसम्म पुग्ने बाटो उकालो हुनु त स्वभाबिक नै हो, तर अदालतसम्म स्तरिय सडक संजाल नहुँदा झनै समस्या उत्पन्न भएको छ । भएको सडक संजाल संचालन गर्न सकिने अबस्थामा छैन । यसको स्तरोन्नती अति नै आबस्यक रहेको छ । तर यस तर्फ न स्थानिय सरकार, न प्रदेश सरकार न त संघिय सरकारले नै चाँसो दिएकाछन । त्यसैले जिल्ला अदालत सोलुखुम्बु सास्तीको पर्याय बनेको छ । 

कम्तीमा अदालतसम्म पुग्ने सडक स्तरिय भईदिएमा अशक्त मानिसहरु सवारी मार्फत नै भएपनि न्याय माग्न पुग्न सक्ने थिए ।

Our Social Site: 

  1. Facebook Page- Creation Nepal 
  2. Youtube Channel- Gopya Sutra 
  3. Tiktok Id- Creation Nepal 

प्रतिक्रिया