जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले उठायो झण्डै १ करोड २० लाख रुपैयाँ राजस्व
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले झण्डै १ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा १ करोड १९ लाख २४ हजार ८५ रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयले राहदानी शुल्क मात्रै १ करोड ७९ लाख ८ हजार १ सय, अन्यप्रशासनिक सेवा शुल्क ९ लाख ५५ हजार १८५ र हातहतियारको इजाजतपत्र दस्तुर ४८ हजार ९ सय रुपैयाँ रहेको कार्यालयका लेखापाल महेश भण्डारीले बताउनुभयो ।
यस्तै परीक्षाशुल्क १६ हजार ९ सय, न्यायिकदस्तुर ३ हजार ५ सय, प्रशासनिकदण्ड, जरिवाना र जफत शुल्क ४५ हजार र न्यायिक जरिवाना र जफत शुल्क ५६ हजार ५ सय रुपैयाँ रहेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
१ साउन २०८२, बिहिबार ०५:३१ मा प्रकाशित