सोलु प्रहरीद्वारा केहि दिनमै फरार प्रतिबादि पुनः पक्रउ, बाँकी ३ जनालाई आत्मसमर्पण गर्न आग्रह

creationnpl.com

केहिदिन अगाडी कारागारबाट फरार भएका कैदिबन्दीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुमबुले केहि दिनभित्रै पुनः पक्राउ गरेको छ । जेन्जी आन्दोलनको मौका छोपेर जिल्ला कारागार सोलुखुम्बुबाट कुल ८६ कैदिबन्दीहरु फरार भएका थिए । जसमध्य ३ जना बाहेक सबै पुनः पक्राउ परेको प्रहरीले जनाएको छ ।

 बाँकी ३ जनापनि केहिदिनभित्रै पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख मनोजित कुँवरले बताउनुभएको छ । प्रहरीको सर्च अप्रेशन जारी रहेकाले ती फरार ३ जनालाई आत्मसमर्पण गर्न कुँवरले आग्रह समेत गर्नुभएको छ । यदि आत्मसमर्पण नगरी प्रहरीको हातबाट पक्राउ भएमा सजाय थप हुने भन्दै उहाँले, आत्मसमर्पण गर्न आग्रह गर्नुभएको हो ।

राज्य जहिल्यै कानुन अनुसार नै संचालन हुने अबगत गराउदै प्रहरी प्रमुख कुँवरले कानुनको दायराबाट कोहि उम्कन नसक्ने भन्दै आत्मसमर्पण नै बुद्धिमानी हुने बताउनुभएको छ । 

कैदिबन्दी फरार भएको उक्त दिन प्रहरीले चाहेको भए रोक्न सक्थ्यो, तर बल प्रयोग गर्दा ठुलो क्षति हुने देखेपछी प्रहरीले केहि नगरेको दाबी कुँवरको छ । कैदिबन्दीले कारागारभित्र आगो बालेर ग्याँस पड्काउन खोजेपछी, कुनैपनि किसिमको क्षति नहोस भनेर प्रहरी संयम बनेको उहाँको भनाई छ । 

तत्कालिन समयमा कारागारभित्र १५ देखि २० वटा ग्याँस सिलिन्डर रहेको र बिस्फोट गराएको भए ठुलो जनधनको क्षति हुने देखेपछी प्रहरी ब्याक हटेको थियो । फरार अभियुक्तहरु त पुनः पक्राउ समेत गर्न सकिन्छ भन्ने सोचले नै बल प्रयोग नगरिएको हो । 

सोहि अन्तरगत भोलिपल्टदेखि नै प्रहरीले सर्च अप्रेशन चलाएको थियो । जसमध्य हालसमम ३ जना बाहेक सबै कैदिबन्दी पुनः पक्राउ परिसकेका छन । बाँकी ३ जनालाई पनि केहिदिनभित्रै पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

हाल फरार रहेकाहरुमा कर्तब्य ज्यान कसुरका प्रतिबादी सोताङ गाउँपालिका ३ का भोला भनिने भला बहादुर राई, माप्य दुधकोशी गाँउपालिकाकी कर्तब्य ज्यान मुद्धाकै मोनिका मगर र बैदेशिक रोजगार ठगी मुद्धामा ३ लाख बुझाउन नसकेर थुनामा रहेका नेचासल्यान गाँउपालिका प्रतिबादी शेर बहादुर राई रहेको प्रहरीले जनाएको छ ।

यस बाहेक काठमाण्डौबाट फरार भएका अन्य २ प्रतिबादीलाई समेत सोलु प्रहरीले पक्राउ गरेर जिल्ला कारागार सोलुखुम्बुमा राखेको छ ।


प्रतिक्रिया