सामुदायिक कुकुर नियन्त्रणका लागि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले स्पेइङ/न्युटरिङ कार्यक्रम शुरुवात गरेको छ । जस अन्तरगत आज नगरपालिकाको वडा नम्बर १० को खाम्दिङ र लुम्सामा कुल ५० कुकुरहरुको बन्ध्याकरण गरिएको छ ।
नगरपालिकाको पशु सेवा शाखाले बर्षैपिच्छे सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्ने गरेको छ । चालु आर्थिक बर्षको कार्यक्रम अन्तरगत आज पहिलो दिन ३३ वटा पाृथी र १७ वटा भाले कुकुरहरुको बन्ध्याकरण गरिएको हो ।
१ असोज २०८२, बिहिबार ०८:५१ मा प्रकाशित