सोलु प्रहरीले यात्रु सहायता कक्ष संचालन गर्ने, बढि भाडा असुले कार्वाहि

creationnpl.com

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले भोलीबाट यात्रु सहायता कक्ष संचालन गर्ने भएको छ । चाडपर्वलाई लक्षित गरी यात्रामा सहजता होस र यात्रुहरु मारमा नपरुन भनेर यात्रु सहायता कक्ष संचालन गर्न लागिएको हो । 

यात्रुको चाप भएको समयको फाईदा उठाउदै सवारी साधनले तोकिएभन्दा ज्यादा भाडा असुल्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले यस्तो निर्णय गरेको हो । 

आज जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजित चाडपर्व लक्षित सुरक्षा योजना तर्जुमा अन्तक्रिया कार्यक्रममा बोल्दै प्रहरी प्रमुख मनोजित कुँवरले यात्रुको सहजताको लागि पत्ताले, जोरबौद्ध र आवडाडामा यात्रु सहायता कक्ष राखिने बताउनुभएको हो । 

यो संगै बजार अनुगमनलाई समेत चुस्त बनाईने प्रहरीले बताएको छ । यो समयमा कालोबजारी बढ्न सक्ने तथा अखाद्य बस्तुको बिक्री बितरणलाई निस्तेज पार्न बजार अनुगमनलाई चुस्त बनाईने प्रहरी प्रमुख कुँवरले बताउनुभएको हो ।

साथै, आपसी भाईचारा र सद्भावलाई कायम गर्दै चाडबाड मनाउन र सामाजिक शान्ती सुरक्षामा ध्यान दिन नागरिकमा प्रहरीको आग्रह छ ।


प्रतिक्रिया