नेपाली सेनाका प्रधान सेनापति सोलुखुम्बुमा, गुल्मलाई गणमा स्तरोन्नतीको माग

creationnpl.com

नेपाली सेनाका प्रधान सेनापती असोकराज सिग्देल क्षेत्री सोलुखुम्बु आईपुग्नुभयो । रक्षामन्त्री मानवीर राईले सेनापती क्षेत्रीलाई सोलुखुम्बु लिएर आउनुभएको हो । उहाँ सोलुखुम्बु आउनुभएको अबसर पारेर सल्लेरीमा अबस्थित गुल्मलाई गणमा स्तरोन्नती गर्ने प्रस्ताब पेश गरिएको छ । 

सोलुखुम्बु जिल्लामा बिश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा रहेको, सगरमाथा राष्ट्रिय निकुन्ज र मकालु बरुण राष्ट्रिय निकुन्ज समेत रहेको तथा जिल्लामा दर्जनौ हाईड्रो पावर प्रोजेक्टहरु संचालनमा रहेकाले सोलुखुम्बुमा सेनाको गुल्म होईन गण नै आबस्यक रहेको भन्दै प्रधान सेनापतीलाई गणको लागि प्रस्ताब गरिएको छ ।


हाल सल्लेरीमा रहेको गुल्म दुर्गाबक्स गण ओखलढुंगाबाट परिचालित छ । तसर्थ, सोलुखुम्बुमै गण स्थापनाको माग गरिएको हो । 

प्रधान सेनापती नै आएको समयमा मागपत्र राखिएकाले पुरा हुने संकेत पनि देखिएको छ । गुल्मलाई गणमा स्तरोन्नती गर्ने मगपत्र रक्षामन्त्री मानवीर राईलाई समेत बुझाईएको छ । 


प्रतिक्रिया