प्रमुख जिल्ला अधिकारी घिमिरेको सरुवा, २४ घण्टाभित्र जिल्ला छाड्दै

creationnpl.com

जिल्लाबासी माझ लोकप्रीय सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको सरुवा भएको छ । १० महिना यो जिल्लाको सेवा गरे पश्चात उहाँको सरुवा भएको हो । 

बि.सं २०८१ साल कार्तिक १२ गते सोलुखुम्बु आउनुभएको घिमिरेको गृह मन्त्रालयमा सरुवा भएको छ । सरुवा निस्किएसंगै २४ घण्टाभित्र जिल्ला छाड्ने उद्घोष घिमिरेले गर्नुभएको छ । 

घिमिरेले आफ्नो १० महिने कार्यकालमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको भौतिक संरचना तथा प्रशासनिक सेवा सुधारमा उल्लेखनिय योगदान दिएकाछन । यसको बारेमा हामीले एउटा छुटटै श्रब्यदृष्य सामाग्री समेत निर्माण गरेका छौ । उनको पालामा भएको सुधारको भिडियो हेर्न नामको मा जानुहोला । 

बिगतका प्रमुख जिल्ला अधिकारीहरुले जस्तै देउसी खेलेझै घर–घरै बिदाई थाप्न नजाने उहाँले बताउनुभएको छ । यदि कसैले सौहार्दताका साथ बिदाई गर्न चाहेमा कार्यालयबाटै गर्नुपर्ने उहाँको धारणा छ । निष्ठाका साथ काम गरेर निष्ठापुर्बक जिल्लाबाट बिदा हुन लाग्नुभएका घिमिरे भोली भने कार्यालयमा रहनुहुनेछ ।

उहाँको ठाँउमा अब लिला कुमारी के.सी. पाण्डे प्रमुख जिल्ला अधिकारीका रुपमा सोलुखुम्बु आउनुहुने भएको छ । 

यो गृहले निकालेको नियमित सरुवा हो । यसमा घिमिरे सहित अन्य १३ जिल्लाका उपसचिब तहका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भ​एको हो । दार्चुला बझाङ र तेह्रथुमको भने यस अघि नै सरुवा गरिसकिएको छ । 


प्रतिक्रिया