खुम्बु जाने सवारीलाई छैन नियमन, भाडामा एकरुपता कायम गर्न कठिन

creationnpl.com

सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट खुम्बु पासाङल्हमु गाउँपालिका २ सुर्के यात्रु बोक्दै आएका अधिकांश सवारी साधनले टिकट बिना नै यात्रु बोक्ने गरेका छन । ती सवारी साधनहरु कति त कुनैपनि समितिमा दर्ता भएका छैनन भने अधिकांश रातो नम्बरप्लेटका निजि सवारीहरु सो क्षेत्रमा संचालित रहेकाछन । जसले गर्दा तिनको नियमन कसले र कसरी गर्ने भन्ने बिषय नै अन्योलमा रहेको छ । 

निजि सवारीले सार्बजनिक रुपमा यात्रु बोकेर हिड्न बिद्यमान कानुनले रोक लगाएको छ । तरपनि, भौगोलिक जटिलता र सार्बजनिक सवारीको सिमितताको फाईदा उठाउदै ग्रामिण जिल्लाहरुमा निजि सवारी साधनले पनि सार्बजनिक रुपमा यात्रु ओसारपसार गर्ने गरेका छन । तर त्यसरी निजि सवारी साधनले यात्रुसंग मनलाग्दी भाडा असुलेमा त्यसको नियमन तथा नियन्त्रण कसले र कसरी गर्ने भन्ने बिषय अन्योलमा रहेको हो । जसकारण भाडामा एकरुपता ल्याउन समेत सकस भएको छ ।

सवारी साधनको अभाबलाई देखाउदै बिगतमा पनि रिजर्भको नाममा मनलाग्दी भाडा असुल्ने गरेको पाईएको छ । निजि सवारीहरु सार्बजनिक रुपमा यात्रु बोक्न कुनैपनि समितिमा दर्ता नहुने र दर्ता नभएको सवारीले टिकट बिना नै यात्रु ओसारपसार गर्ने हुँदा चाडपर्ब र आरोहण सिजनको समयमा यात्रु ठगिन सक्ने जोखिम रहेको छ । 

त्यसैमाथी सडकको अबस्था निक्कै नाजुक हुँदा त्यहि सडक देखाएर पनि यात्रुसंग बढि भाडा असुल्ने गरिएको छ । चाडपर्ब र आरोहण सिजनमा सरोकारवाला निकायले कडा निगरानी र नियमन गर्न जरुरी छ ।

#तस्विर सिम्बोलिक हो ।


प्रतिक्रिया