दुधकोशी नदि थुनिएको होईन, धार परिवर्तन गरेको होः प्रमुख जिल्ला अधिकारी घिमिरे

creationnpl.com

थुलुङ दुधकोशी गाउँपालिका–२ स्थित वातिम क्षेत्र हुँदै बग्ने दुधकोशी नदी तथा हालै क्षति पुगेको मोटरेवल पुलको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे तथा सुरक्षा निकायका टोलीले स्थलगत अनुगमन गरेको हो । 

हालै केही सञ्चार माध्यमहरूमा  दुधकोशी नदि थुनिएर जोखिममा रहेको भन्दै प्रकाशित समाचारप्रति प्रतिक्रिया दिँदै प्रजिअ घिमिरेले वास्तविकता गम्भीर नभएको स्पष्ट पार्नुभयो। नदीको बहाव, आसपासको भूभागको अवस्थालगायतका पक्षमा समेत टोलीले अनुगमन गरेको छ ।साउन ४ गते राति परेको अविरल वर्षाका कारण शिखुखोलामा आएको बाढीले दुधकोशी नदिमा ढुङगा थुपार्दा नदिले केहि धार भने परिवर्तन गरेको छ । केहि क्षेत्रमा पानी जमेर बसेको भएमा पनि तत्काल जोखिम भने नरहेको पाएको छ ।

 यस्तै सोहि बाढीले दुधकोशी नदिमा निर्माणधिन मोटरेवल पुल पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । वडा नम्बर ४, ५ र ९ नम्बर वडालाई जोड्ने निमार्णधिन पक्की पुल पुर्ण रुपमा क्षतिग्रस्त बनेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । 

कोशी प्रदेश सरकारको १५ करोडको लगानीमा २०७६ सालबाट निर्माण सुरु भएको उक्त पुलको निर्माणको जिम्मेवारी खाम्पाचे  निर्माण सेवाले पाएको छ । अनुगमनमा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।  कोशी पारिको नागरिकको समस्यामा स्थानीय सरकार गम्भिर रहेको बताउँदै प्रवक्ता भोजराज कार्कीले बर्खुगाटमा पुल निर्माणको चरणमा रहेको बताउनुभयो ।  

प्रतिक्रिया