अन्तरिम सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन बिद्यमान संबिधान अनुसार नै हुने भएको छ । बिगतमा जस्तै दलिय प्रतिनिधिहरुले निर्वाचनमा सहभागी बन्नेछन भने, समानुपातिक सांसदहरु भोटका आधारमा चयन हुनेछन । निर्वाचन आयेगका सह–सचिब तथा निर्वाचन ब्यबस्थापन शाखाका प्रमुख रेजेन्द्र कुमार के.सी. का अनुसार फागुन २१ गतेको निर्वाचन बिद्यमान संबिधान अनुसार नै हुने भएको हो ।
उनले भनेका छन “हाललाई निर्वाचनको मिति मात्र तय भएको थप निर्णय केहिपनि नआएकाले पुरानै ढंगले निर्वाचनको तयारी भईरहेको छ ।”
देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टचारमा लिप्त दल र तिनका भ्रष्ट नेतृत्वको अन्त्य, राष्ट्रिय सभा तथा प्रदेश खारेज एबम् स्वतन्त्र संबैधानिक आयोगहरुको माग गर्दै जेन्जी युवाहरुले गरेको बिद्रोहबाट पुरानो सत्ता ढलेको भएपनि, फेरी पुरानै निर्वाचन प्रणालीबाट उनिहरु नै सत्तामा पुनराबृति हुने देखिएको छ ।
देशमा खर्बौको सम्पतीमाथी बिध्वशं गरेर, ७२ जनाको ज्यानको बलिदानी दिएर सत्ता ढाल्नुको कुनै औचित्य पुष्टि नहुने अबस्था सिर्जना भएको छ । यद्यपी, अन्तरिम सरकारले कुनै ठोस निर्णय लिनसक्ने सम्भावना भने समाप्त भएको छैन ।